राष्ट्र बैंकले आज चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले आज चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने


नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।