यस वर्षको विजयादशमी शुभ साइत असोज २१ गते विहान १०ः३५ बजे

यस वर्षको विजयादशमी शुभ साइत असोज २१ गते विहान १०ः३५ बजे


साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि जानकारी गराउने उद्देश्यले नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । समतिका अनुसार दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले साइत जुराएर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिनुभएको छ ।