एनआरएनए जापान अध्यक्षमा देवीलाल भण्डारी विजयी

एनआरएनए जापान अध्यक्षमा देवीलाल भण्डारी विजयी


■ श्याम क्षेत्री, जापान

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।

भण्डारीले ५ सय ८५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष टासी वाङ्दी लामालाई ३४ मतको अन्तरले पराजित गर्नुभएको हो । लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका एक प्रत्यासी किरण वर्माले उम्मेदारी फिर्ता लिनुभएको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनुभयो भने महासचिवमा जनकविक्रम शाही र सहकोषाध्यक्ष सचिन श्रेष्ठ र युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ ।

सदस्यमा रहेकामध्य राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबु थापा, जीवन कुमार गुरुङ निर्वाचित भएका छ्न । आईसीसी सदस्य लगाएतका केही पदहरुमा भने निर्विरोध भएको छ ।