राप्रपा (संयुक्त)ले तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने

राप्रपा (संयुक्त)ले तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ । पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाएको भए पनि सरकारले त्यसको सदुुपयोग गर्न नसकेको आरोप लगाएका हुन् ।

‘वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौँ’– अध्यक्ष राणाले भने, ‘यो बीचमा सुन र वाइडबडी काण्ड भएको छ, मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढङ्गबाट मुलुक चल्दैन ।’

धर्मनिरपेक्षको घटनालाई ओमकार परिवारप्रतिको अन्याय र धोकाका रूपमा पार्टीले लिएको जनाउँदै अध्यक्ष जबराले नेपाली जनताले खोजेको नेपालको पहिचान र भ्रष्टाचारविरुद्ध आगामी तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने सो अवसरमा जानकारी दिए ।

मुलुकमा अहिले विकासको कामले चर्चा पाउनुपर्नेमा भ्रष्टाचारका काण्ड चर्चामा रहेको बताउँदै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भने, ‘राजनीति पैसा कमाउने उद्योग र व्यापार भएको छ, जनताको सुशासन र विकासको आकाङ्क्षा निराशामा परिणत भएको छ, प्रजातान्त्रिक माध्यमबाट लोकतन्त्रलाई मास्ने काम भएको छ ।’

जनजीविकाका सवाल कार्यान्वयनमा सरकार पूर्ण असफल भएको बताउँदै उनले करार सम्झौताका नाममा प्रशासन संयन्त्र ध्वस्त पार्न खोजिएको हुँदा अब मुलुकको साख जोगाउन आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।