जापानमा शक्तिशाली ताईफु ‘फाक्साई’को त्रास

जापानमा शक्तिशाली ताईफु ‘फाक्साई’को त्रास


■ श्याम क्षेत्री, टोकियो (जापान)

फाक्साई नाम गरेको शक्तिशाली ताईफुले आईतबारबाट जापानमा असर पार्ने भएको छ ।

शनिबार विहान मिनामितोरिसिमा द्विपबाट अघि बढिरहेको फाक्साई नाम गरेको ताईफुले आईतबारबाटै जापानमा असर पार्न सुरु गर्ने यहाँको मौसम एजेन्सीले जनाएको छ ।

आईतबार विहानबाट नारा प्रिफेक्चर अन्तर्गत ओसाकादेखि सिजुओका, नागानो, गुन्मा, आईचि, गिफु क्षेत्रसमेत ताईफुको चपेटामा पर्ने पूर्वानुमान गरिएको छ ।

यसका साथै आईतबार मध्यान्हपछि कानागावा, यामानासी, टोकियो, साईतामा, ईबाराकी, तोचिगि, फुकुसिमा निगातासम्म आसर पार्ने फाक्साई ताईफुले सोमबारसम्म गम्भीर असर पार्नेछ ।

मध्य टोकियो हुँदै अघि बढ्ने फाक्साई ताईफुले भारी वर्षासँगै कयौँ स्थानमा बाढी तथा पहिरो समेत निम्त्याउने मौसम अधिकारीहरुले चेतावनी दिएका छन् । विशेषगरि सामुन्द्रिक किनारा, खोला तथा पहाडी क्षेत्रमा यसले विपद निम्त्याउन सक्ने भन्दै अधिकारीहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।

यामागाता र मियागी क्षेत्रहुँदै सोमबार अघि बढ्ने फाक्साई ताईफुले आकिता, ईवाते, आओमोरीदेखि होक्काईदोसम्म असर पार्ने जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीले पूर्वानुमान लगाएको छ ।