सीजीको चाडपर्व स्किम : सीजीसँग उत्साह–उमंग थाइल्याण्ड जाऊँ परिवारसँग

सीजीको चाडपर्व स्किम : सीजीसँग उत्साह–उमंग थाइल्याण्ड जाऊँ परिवारसँग


०७६ को महान पर्व दशैँ र तिहारलाई लक्षित गरी इलेक्ट्रोनिक्स सामग्री उत्पादक कम्पनी सीजी ग्रुपले आफ्नो उत्पादनको प्रत्येक खरिदमा ‘सीजीसँग उत्साह उमंग, थाइल्याण्ड जाऊँ परिवारसँग’ नामक स्किम ल्याएको छ । जसअन्तर्गत सीजी ब्रान्डको प्रत्येक घरायसी सामग्रीको खरिदमा थुप्रै आकर्षक स्योर सट उपहार प्राप्त गर्न सकिनेछ ।

ग्राहकले खरिद गर्ने प्रत्येक टेलिभिजन र रेफ्रिजिरेटरमा २९ प्रतिशतसम्मको रकम फिर्ता पाउने सकिने कम्पनीले जनाएको छ । यसैगरी लक्की ड्र मार्फत बम्पर उपहार विजेता पाँच भाग्यशाली जोडीले थाइल्याण्ड घुम्न पाउनेछन् ।

यसका लागि सीजीको सामान खरिद गरी CGNameModelNoSerialNoAddress टाइप गरी ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारका खरिदकर्ताले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । यो योजना भदौ २० गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।