चीनमा नर्सको संख्या ४० लाख पुग्यो

चीनमा नर्सको संख्या ४० लाख पुग्यो


चीनमा हाल नर्सको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुस्किलले ३० हजार रहेको पनि आयोगको भनाइ छ ।

पछिल्ला वर्षमा नर्सहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ ।

आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कुल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्स रहेको जानकारी दिइयो ।