जिम्बाबेका पूर्वराष्ट्रपति मुगावेको निधन





जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच महिनादेखि उपचारको क्रममा सिंगापुरमा रहेका थिए, उपचारकै क्रममा उनको निधन भएको हो ।

तीन दशक जिम्बाबेको शासक बनेका उनी सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेपछि उनी सत्ताबाट बाहिरिएका थिए ।

सन् १९८० मा मुगावे जिम्बाबेको प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बनेका हुन् ।

१९६४ मा रोडेसिया सरकारको आलोचना गरेका कारण उनले एक दशकभन्दा बढी समय जेल बस्नुपरेको थियो ।

उनको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो ।

प्रतिक्रिया