पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु

पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु


भारतको पञ्जाव प्रान्तमा रहेको एउटा पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयंसेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।

भारत सरकारले यस घटनामा मारिएका प्रतिव्यक्तिलाई २ लाख भारु क्षतिपूर्तिस्वरूप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ । सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।