कारबम विस्फोटमा बाह्रको मृत्यु

कारबम विस्फोटमा बाह्रको मृत्यु


अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो । विस्फोट भएको सो स्थानमा राष्ट्रिय सुरक्षा निर्देशनालयको कार्यालय, अमेरिकी दूतावास र नेटोको नेतृत्वमा रहेका सेनाहरू रहेका थिए ।

अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकु समूह र वासिंटनबीच शान्तिसम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट घटनाहरू भइररहेको छ ।

काबुलको आवासीय क्षेत्रमा गत सोमबार भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका थिए ।