नेपाली राजदूत र ओमानका परराष्ट्र सचिवबीच द्विपक्षीय भेटवार्ता

नेपाली राजदूत र ओमानका परराष्ट्र सचिवबीच द्विपक्षीय भेटवार्ता


  • आरके श्रीवास्तव, ओमान

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव शेख खलिफा अल हार्थीबीच द्विपक्षीय भेटघाट भएको छ । वहाँहरूबीच सौहार्दपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भएको बताइएको छ ।

नेपाली राजदूत र ओमानका सचिवबीचको भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ । राजदूत ढकालले नेपाल र ओमनबीच हुने तथा भएका विभिन्न सम्झौताहरू, सहकार्य तथा अन्य पारस्पारिक गतिविधिहरूबारे भएको पछिल्लो प्रगति सम्बन्धमा आफ्नो जिज्ञासापूर्ण भनाई राख्नुभएको थियो । जवाफमा ओमानका परराष्ट्र सचिवले यसरी दुई देशबीच आर्थिक, साँस्कृतिक, लगानी, मानव स्रोतसाधन तथा पर्यटनका विषयमा भएका प्रगतिबारे सन्तोष प्रकट गर्दै आगामी दिनमा त्यसलाई निष्कर्षमा पुर्याउन ओमानको तर्फबाट थप प्रतिबद्धता जाहेर गर्नुभएको नेपाली राजदूतावास मस्कट ओमानले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त बैठकमा ओमानको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हिलाल मरहून सलिम अल ममारीको समेत उपस्थिति रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो ।