बजार तताउँदै ‘चेहरा आहाँके सजनी’

बजार तताउँदै ‘चेहरा आहाँके सजनी’


एमके म्युजिक आर्टको ‘चेहरा आँहाके सजनी’ बोलको मैथिली भाषाको म्युजिक भिडियोले यतिबेला बजार तताएको छ । एमके म्युजिक आर्टले सो म्युजिक भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘चेहरा आँहाके सजनी, जेना चाँद लगैया’जस्ता मैथली भाषाका गीतहरू म्युजिक भिडियोमा समेटिएको छ । सन्नु मण्डल र ज्योति विश्वकर्माको स्वर रहेको गीतमा दीपक श्रेष्ठ र समिता गिरीको अभिनय रहेको छ । सो गीतमा शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको छ भने शब्द सरोज मण्डलको रहेको छ ।

एमके म्युजिक आर्टद्वारा निर्मित सो भिडियो युट्युब च्यानलमा समेत राखिएको म्युजिक आर्टको युट्युब च्यानलका सञ्चालक मनोज रिसालले बताए । ममता श्रेष्ठ निर्माता रहेको म्युजिक भिडियाको छायाङ्कन गजेन्द्र गज्जुले गरेका छन भने नृत्य निर्देशन दर्पी सरदारले गरेका छन । युट्युबमा एकैदिनमा दश हजारभन्दा बढी दर्शकले हेरेको र सो युट्युब च्यानलले चेतनामूलक कार्यक्रमसँगै गाउँघरमा हुने गरेको समस्याहरू कमेडीमार्फत उजागर गर्दै आएको सहयोगी प्रमोद चौधरी बताउँछन् ।

भिडियोमा नयाँ प्रयोग गरिएको र गीतको म्युजिक भिडियो निर्माणका वेला धेरै विषयलाई ध्यान दिइएको सञ्चालक रिसालको भनाइ छ । भिडियोमा गीतको भावलाई सूक्ष्म ढङ्गले केलाइएको दाबी उनले गरे ।