रोमान्चक मोडमा विश्वचर्चित एशेज : चौथो टेष्ट शुरु

रोमान्चक मोडमा विश्वचर्चित एशेज : चौथो टेष्ट शुरु


निकै रोमान्चक मोडमा पुगेको विश्व चर्चित एशेज सिरीजको चौथो टेष्ट प्रतियोगिता आज (भदौ १८)देखि मान्चेस्टरमा शुरु हुँदैछ । यो दुवै टीमको ३५०औं टेष्ट म्याच हो ।

एशेज सिरिज २०१९ अन्तर्गत अहिलेसम्म तीनवटा टेष्ट सम्पन्न भइसकेका छन्, जसमा पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने दोश्रो बराबरीमा सकिएको थियो । तेस्रो टेष्टमा निकै नाजुक अवस्थामा रहेको इंग्ल्यान्डले दुर्लभ जित हासिल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । तेस्रो टेष्टमा इंग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्सले १३५ रनको चमत्कारी पारी खेल्दै आफ्नो टीमलाई विजयी बनाएका थिए ।

यतिबेला दुवै टीम एक एकको बराबरीमा छन् । निकै रोमान्चक मोडमा पुगेको एशेजको चौथो टेष्टमा अग्रता कायम गर्न आजदेखि दुवै टीम भिड्दै छन् । एशेज श्रृंखलामा पाँचवटा टेष्ट खेल हुन्छ । यो श्रृंखला इंग्ल्यान्ड र अष्ट्रेलियाबीच आयोजना हुन्छ । यी दुई राष्ट्रले एशेजलाई विश्वकप क्रिकेट प्रतियोगिता भन्दा पनि माथि मान्दै आएका छन् ।