नेपाल र हङकङबीचको फाइनल खेलमा दुर्लभ घटना !

नेपाल र हङकङबीचको फाइनल खेलमा दुर्लभ घटना !


एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत हालै सम्पन्न अन्डर–१९ क्रिकेट प्रतियोगितामा अनौठो घटना घटेको छ । जो क्रिकेट खेलमा दुर्लभ रुपमा घट्ने गर्छ । उक्त घटना नेपाल र हङकङबीच भएको फाइनल खेलमा घटेको हो ।

फाइनल खेल सञ्चालनको लागि दुवै टीमका कप्तानलाई अम्पायरले टसको लागि मैदान बोलाए अनि अम्पायरले बलिङ र ब्याटिङ रोज्न दुवै टीमका कप्तानसामु सिक्का हावामा उछालेपछि यो रोमाञ्चक घटना घटेको थियो ।

हेड र टेलको लागि अम्पायरले हावामा सिक्का उछाल्दा भुईंमा झर्दा उक्त सिक्का ठाडो परेर अडिन पुग्यो । त्यसपछि अम्पायर र दुवै टीमका कप्तानहरू आश्चर्य मान्दै हाँस्न थाले । यस्तो अकल्पनीय घटनापछि अम्पायरले पुनः टस गरेका थिए । अहिले यो सन्दर्भको तस्बिर क्रिकेटप्रेमीमाझ निकै भाइरल भइरहेको छ ।

फाइनलमा नेपालले हङकङलाई पराजित गरेर प्रतियोगितामै अपराजित बनेको थियो ।