गैरआवसीय नेपाली संघको सचिव पदमा आरके शर्माको उम्मेदवारी घोषणा

गैरआवसीय नेपाली संघको सचिव पदमा आरके शर्माको उम्मेदवारी घोषणा


  • नबराज विक, कतार

गैरआसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न नवौ महाधिबेशनको संघारमा छ । तीब्र रुपमा माहोल तातिरहेका बेला मध्यपुर्व संयोजक आरके शर्मा (राजेन्द्रकुमार शर्मा) ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए एनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हँुदै मध्यपुर्व संयोजकको नेतृत्व गरेका शर्मा ले (२०१९–०२१)कार्यकालका लागि सचिव पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेतृत्व गदै उम्मेदवारी दिने भएका हुन् ।

मध्यपुर्व संयोजक हुँदा प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्यालाई लिएर सम्बन्धित निकायमा पुगेर समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका छन् । स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्यालाई निराकरणदेखि दुतावासबाटै श्रम स्वकृति दिलाउने सम्मका कार्यहरु लाई जोड दिएका छन् ।

मध्यपुर्बबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको बताए । कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहेका छन् ।

एनआरएनको अभियानमा उनको उम्मेदवारी सगै अर्थपुर्ण रुपमा समेत हेरिएको छ । गैरआसीय नेपाली संघको विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाडौ हुने भएको छ ।