कानागावा नेपाली कम्युनिटीले मनायो तीज

कानागावा नेपाली कम्युनिटीले मनायो तीज


  • श्याम क्षेत्री, जापान

कानागावा नेपाली कम्युनिटी जापानले भब्य तीज फेस्टिबल सम्पन्न गरेको छ । आइतबार योकोहामाको निसीचीकु सेन्टरमा तीजको अवसरमा आयोजित कार्यक्रममा नेपालीसँगै जापानी पनि तीजको गीत र नाचमा रमाएका थिए ।

सोही अवसरमा नयाँ कार्यसमितिको समेत घोषणा गरिएको छ । दुई वर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा पुनः हरि सापकोटा अध्यक्ष बनेका छन् । कार्यसमितिको उपाध्यक्षमा सिद्धार्थ श्रेष्ठ, महेश अमात्य, ध्रुवकुमार थापा, सचिवमा यमाकान्त कँडेल,सहसचीबमा प्रेम प्रसाद कंडेल,टिकाराम कंडेल, कोषाध्यक्षमा गणेशजंग राणा, सहकोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्यलगायत रहेका छन् । नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञानकुमार थापाले खानागावा नेपाली कम्युनिटीले जापानीहरु बीचको राम्रो सम्बन्धका कारण पनि हेर्ने दृष्टि अरु कम्युनिटी भन्दा फरक रहेको बताए । हरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव राजेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा महेन्द्र श्रेष्ठ, प्रकाश पौडेल माईला, सविता श्रेष्ठ, देवीलाल भण्डारी, राजु कंडेल, इन्दिरा सुजुकी, टिकाराम खरेल लगायतको उपस्थीति रहेको थियो । नेपालीसँगै जापानीहरुको बाक्लो सहभागिता रहेको फेस्टिबलमा कलाकारहरु भावना आचार्य, सुर्य खड्का अमित सापकोटा खेमराज पौडेलको तीज गीत प्रस्तुतीले सबैलाई नचाए । कानागावा नेपाली कम्युनिटि जापानमा क्रियाशील संघसस्थाको भिडमा राम्रो पहिचान बनाएको कम्युनिटी हो ।