फुलन्देको आमाले हँसाउँदा सललाहको तीज उल्लासपूर्ण

फुलन्देको आमाले हँसाउँदा सललाहको तीज उल्लासपूर्ण


■ आरके श्रीवास्तव, ओमान

ओमानको दक्षिणी प्रान्त दोफार सललाहमा नेपाली महिलाहरूले भव्य रूपमा तीज मनाएका छन् । राजधानी मस्कटबाट करिव हजार किलोमिटर टाढा सललाह शहरमा बसोबास गर्ने नेपाली महिलाहरूले भव्यताका साथ तीज मनाएका हुन् ।

नेपाली महिला समूह ओमान सललाहको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम २०७६ आयोजन गरिएको हो । ३० अगस्ट २०१९ शुक्रबारका दिन दिउँसो ३ बजे सललाहस्थित अल लुबन प्यालेस हलमा आयोजन गरिएको थियो।

कार्यक्रममा चर्चित लोकगायिका उमा श्रेष्ठ र हास्य कलाकार फुलन्देको आमा (उमेश राई)ले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएका थिए । हास्यकलाकार उमेश राईले आफ्नो दमदार कमेडी प्रस्तुत गरेका थिए । उनले दर्शकहरूलाई पेट मिचिमिचि हसाएका थिए । यस्तै, गायिका श्रेष्ठले पनि आफ्नो सुमधुर स्वरमा गीत गाएर दर्शकलाई नचाएकी थिइन् । कार्यक्रममा विभिन्न व्यत्तित्वहरूलाई सम्मानित पनि गरिएको थियो ।

एनआरएनए क्षेत्रीय समन्वय परिषद सललाहका अध्यक्ष मनोज घिमेरको प्रमुख आतिथ्य तथा आयोजक नेपाली महिला समूहकी अध्यक्ष कमला तमाङ्गको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । यस अवसरमा मगर संघ ओमानका अध्यक्ष आशा राना, देशभत्त लोकतान्त्रिकका टोकराज न्यौपाने, सुजन तामाङ, शुक्रथामी, महेन्द्र सडौला, डिबी रानाभाट सहित करिव पाँच सय नेपालीहरूको भव्य उपस्थिति रहेको नेपाली महिला समूह सललाहकी अध्यक्ष कमला तमाङ्गले बताउनुभयो । कार्यक्रमको संचालन दिपक तामाङ्गले गर्नुभएको थियो ।

प्रवासमा मा रहेर पनि आफ्नो रीतिरिवाज संस्कृतिलाई निरन्तरता दिँदै महिला समुहले नेपाली नारीहरुको माहान चाड हरितालिका तीज चौथोपटक भव्य रूपमा मनाएको हो । कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनु हुने सम्पूर्ण सललाहवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आयोजक संस्थाको तर्फबाट हार्दिक धन्यवाद र अभार प्रकट गरिएको महिला समूहकी प्रवक्ता गीता थापाले बताइन् ।