मस्कटमा नेपाली महिला समूहको भव्य तीज कार्यक्रम

मस्कटमा नेपाली महिला समूहको भव्य तीज कार्यक्रम


■ आरके श्रीवास्तव, ओमान

ओमानमा नेपाली महिलाहरूको तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली महिला समूह ओमान मस्कटले प्रत्येक वर्ष झैं यस वर्ष पनि भव्य तरिकाले तीज मनाएको हो । हिजो ३० अगस्ट २०१९ शुक्रबार का दिन राजधानी मस्कटस्थित अलमासा हल रूविमा बिहान ११ः०० बजेदेखि तीज विशेष कार्यक्रम आयोजन गरिएको थियो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्य तथा नेपाली महिला समूह ओमान मस्कटकी अध्यक्ष मधु गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तव्य दिँदै राजदूत ढकालले प्रवासमा रहेर पनि दिदीबहिनीहरू एकट्ठा भई यसरी तीज मनाएकोमा दुतावास अभारी रहेको जनाउँदै महिलाहरूको लागि यो धेरै खुशीको कुरा भएको बताउनुभयो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली महिलाहरू सम्मिलित संस्था महिला समुहले ‘हामी नारी सबैको चिनारी, हामी नारी एक होऔँ’ भन्ने नाराका साथ आठौं प्रस्तुतिको रूपमा तीज कार्यक्रम आयोजन गरेको थियो ।

उक्त कार्यक्रमको संचालन महिला समूहकी महासचिव गोमा थापा र सचिव गोमा गुरूङले संयुक्त रूपमा गरेका थिएभने भने स्वागत मन्तव्य नेपाली महिला समूह ओमानकी उपाध्यक्ष गोमा पाण्डेले राखेकी थिइन् । कार्यक्रममा महिला समूहको तर्फबाट सामूहिक स्वागत गीत प्रस्तुत गरिएको थियो ।

त्यस्तै, ओमानमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिका नृत्य तथा गीतको प्रस्तुतिका साथ रमाइलो तीज विशेष कार्यक्रम मनाइएको थियोे । यस अवसरमा नेपाली महिला समूह ओमानकी संस्थापक अध्यक्ष पार्वती श्रेष्ठ, पूर्वअध्यक्ष उमा ढुङ्गाना, समाजिक व्यक्तित्वहरू तोलाकान्त भट्टराई र गोविन्द गुरूङ, गैरअवासीय नेपाली सोसल क्लब ओमानकी महिला संयोजक रूपा कार्की, नेपाली समाज ओमानकी अस्मिता रोक्का, ओमान नेपाली एकता समाजकी महिला विभाग अध्यक्ष लक्षमी रायमाझी, नेपाली बुद्ध भिजन ओमानकी सचिव उर्मिला गुरूङ, प्रवासी नेपाली एकता मञ्चकी बी.बी. तमाङ, मगर समाज ओमानकी निरूता थापा, तमाङ समाज ओमानकी सचिव रिना तमाङ, तमु समाज ओमान चन्दा तमुस्यो, नेपाली कृष्टियन ओमानका राम तमाङ, नेपाली जनसम्पर्क समितिकी सुधा भण्डारी, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानकी इन्दिरा गुरूङ, विवेकशील नेपाली दल ओमानबाट अनिता तमाङ, गुल्मी सेवा समाज ओमानकी गीता भण्डारी , बागलुङ सेवा समितिका अध्यक्ष खेम खड्काथोकी, पाल्पाली परिवारका ओमप्रकाश न्यौपाने, म्याग्दी समाज ओमानका उपाध्यक्ष गणेश चोखाल, सगरमाथा समूहका कार्यवाहक अध्यक्ष भीम निरौलासहित सयौं ओमानवासी नेपालीहरूको सहभागिता रहेको नेपाली महिला समूह ओमानकी महासचिव गोमा थापाले जानकारी गराउनुभयो ।

कार्यक्रमलाई भब्य र सभ्य बनाइदिनु भएकोमा ओमानस्थित सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरु, कलाकाहरु, विभिन्न वैचारिक तथा सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवी तथा पत्रकाहरुलाई नेपाली महिला समूह ओमानकी अध्यक्ष मादी गुरूङ्गले धन्यवाद व्यत्तः गर्नु भएको थियो ।