संसद् र सडकमा लालआतङ्क-शोभाकर पराजुली

संसद् र सडकमा लालआतङ्क-शोभाकर पराजुली


यही वैशाख ५ गते व्यवस्थापिका संसद्को बैठक थियो । म पनि त्यस बैठकमा विशेष समय लिई बोल्ने क्रममा थिएँ । दुईजना सांसदले मेराबारेमा केही कुरा गर्नुभएकोजस्तो लाग्यो । त्यही क्रममा उहाँहरूले नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको नाम पनि लिनुभयो । त्यसै दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेट भयो । उहाँसमेतका धेरै कम्युनिस्ट नेतासँग मेरो निकट सम्बन्ध छ र मेरो आदर पनि छ । यसको अर्थ उहाँहरूको विचारको अपरिपक्वतासँग आदर छ भन्नेचाहिँ होइन । उहाँहरूसँगको सम्बन्धले उहाँहरूको लोकतन्त्रप्रतिको भ्रम हटोस् र कम्युनिस्ट विचारका कतिपय पक्षहरूलाई पूर्ण लोकतान्त्रिक किसिमले लागू गर्दा जनहितमा फाइदा हुने विषयहरू प्ानि हुन सक्छन् र तिनीहरूको बारेमा जानकारी उहाँहरूबाट हुन सक्छ भन्ने पनि मेरो सोच हो । महामानव बीपीले भन्नुभएको आँखा र कान सधैं खुला राख्नुजस्तो सन्देशमा ठूलो विकासवादी सोच या भावना लुकेको छ भन्ने मेरो मान्यता छ । त्यसैले बिजुक्छेजीहरूसँगको सम्बन्धलाई समेत अझ बलियो बनाउनु स्वाभाविक हो ।
बिजुक्छेजीले मे १ पछि कम्युनिस्टहरूको सरकार बनेमा अचम्म नमान्नुपर्ने आसय व्यक्त गर्नुभयो । मैले त्यो सरकार संविधान र लोकतन्त्रको मर्मअनुसार भए ठीक हुने कुरा गरेँ । पछि त्यो जनविरोधी कथित जनवादी व्यवस्था आउन सक्ने कुराको कल्पना हो भने पनि त्यसको आयु २४ घन्टादेखि ७२ वर्षभन्दा बढी नहुने वा हुन नसकेको र त्यसका लागि जनता लड्न तयार हुनुपर्ने र यो जनताको अधिकार हुने तथ्य पनि मैले खोल्नुपरेको थियो ।
पछि नेपाली काङ्ग्रेसका प्रमुख सचेतक आदरण्ीाय लक्ष्मणप्रसाद घिमिरेले मलाई के विषयमा बोल्ने हो – भनेर सोध्नुभयो । यो त फगत औपचारिकता मात्र रहेछ । उहाँले मलाई केही भन्न खोज्नुभएको रहेछ । त्यो के भने मैले कम्युनिस्टहरूले गरेका अन्याय, अत्याचार, गरिबविरोधी व्यवहार र विकासविरोधी कार्यको विरोध गर्दा कम्युनिस्ट शब्द प्रयोग नगर्ने केवल माओवादीहरूलाई मात्र सङ्केत गर्ने आसय उहाँले व्यक्त गर्नुभयो । एकातर्फ यो एकप्रकारको लालआतङ्कजस्तो लाग्यो अर्कोतर्फ प्रमुख सचेतकको आदेश मैले मान्नुपर्ने पनि भयो । उहाँको सदासयता भनेको राजनीतिक सहमतिका लागि मेरा भनाइहरू प्रत्युत्पादक हुन्छन् कि भन्ने पनि हुन सक्छ । त्यो कुरा उहाँलाई कम्युनिस्ट मित्रहरूले नै सुझाएको हुनुपर्छ भन्ने मेरो सोझो अनुमान छ । प्रमुख सचेतकको सदासयता आफ्नो ठाउँमा छ र उहाँको मिल्ने र मिलेर जाने भन्ने सोचको विरोध गर्ने कुरा पनि भएन ।
र, मैले बुझ्न नसकेको विषय के रहन गयो भने कम्युनिस्ट मित्रहरू ल्ाोकतन्त्रप्रति आस्थावान भइसक्नुभएकोले एकदलीय, जनविरोधी तथा गरिबविरोधी कम्युनिस्ट व्यवस्थाको मैले विरोध गरिरहँदा उहाँहरू कम्युनिस्टहरूको जनविरोधी चरित्रको विरोध गरेकोमा खुसी हुनुहोला भन्ने मेरो अनुमान थियो, तर मेरो सोच एकहदसम्म त्यो भ्रम रहेछ । कम्युनिस्टहरूको समग्र गल्तीको खुलासा भएकोमा प्रमुख सचेतकलाई व्यक्तिगत रूपमा आपत्ति छ भन्ने मैले कल्पना गर्ने कुरा पनि भएन । मलाई सांसद मित्रहरूको कुरा र नारायणमान बिजुक्छेका भनाइको याद पछिसम्म आइरह्यो । लोकतन्त्रमा विचार राख्नु र त्यो विचारलाई वैचारिक रूपमा नै प्रतिकार गर्नु र त्यसबाट उचित समाधान निकालेर सौहार्दताका साथ काम गर्ने लक्ष्य हुन्छ । तर, मलाई माओवादीबाहेक अरू कम्युनिस्टहरूको विरोध गर्नु हुँदैन भन्ने आसयले कतै देश कि त अस्तव्यस्तताको खाडलमा वा असहिष्णु राजनीतिको चपेटामा जाँदै गरेको त होइन ? भन्ने लागेकोमा यो झन् प्रबल बन्न पुगेको छ । नेपाली दिदीबहिनी तथा दाज्ाुभाइहरू कम्युनिस्टहरूबाट अनेक ढङ्गबाट पीडित छन् । पहिलो त कम्युनिस्टहरूले विश्वमा सबैभन्दा बढी गरिबहरूलाई मर्न उक्साएका छन् । मार्ने र मर्ने कार्यमा प्रयोग गरिएका छन् । उनीहरूलाई कम्युनिस्ट पार्टी र विचार गरिबको पक्षधर विचार हो भन्ने भ्रम छरिएको छ । तर जहाँ कम्युनिस्ट शासन आएको छ त्यहाँ गरिबहरू सबैभन्दा पीडित छन् । उनीहरू अझ गरिब बनेका छन् । किसान, मजदुर, निम्नस्तरीय कर्मचारीहरू, सुरक्षासेवाका साथीहरूलाई खान पनि नपुग्ने पैसा दिइन्छ । नेता र ठूला पदहरूमा रहनेहरूले राज्यको ढुकुटीमा रजाइँ गरेका छन् । यो सत्य अहिले पनि गरिबहरूमा राम्रोसँग जान सकेको छैन ।
त्यसको उदाहरण नेपालमा नै दिन सकिन्छ । भएको थोरै सम्पत्ति दललाई दिएर आफू सर्वहाराकरण भएको दाबी उग्र कम्युनिस्टहरूले गर्छन् । त्यो लाखको सम्पत्ति दिएबापत गरिबका लागि काम गरेको भनेर उनीहरूले गरिबबाट लेबी उठाएको पैसाले लाखौं पर्ने घरमा भाडामा बसेका छन् । बलेरो, पजेरो आदि चढेका छन् । सम्पत्ति दियो तर त्यसको सयौं गुना बढी दलबाट लियो र वास्तवमा गरिबहरूलाई ठग्यो । यो तथ्य जनताले बुझ्नुपर्छ । निजी सम्पत्ति नभएकोले गरिबले दु:ख पाउने, किसान-मजदुरले दु:ख पाउने तर नेताहरूले मोज गर्ने कार्य सामन्तवादी सोच र संस्कृति हो कि होइन – विश्वको कुन कम्युनिस्ट देश विकासको नमुना, समानताको नमुना, मानवअधिकारको संरक्षणको नमुना, विकासशील देशहरूलाई सहयोग गर्ने देशको नमुना बनेको छ – यो सन्देश जनतामा जानैपर्छ । राम्रो गर्ने, अग्रगमन दिने भने पनि व्यवहारमा ब्रेनवास हुने नारा, मारकाट, ध्वंसबाहेक कम्युनिस्टहरूबाट जनताले केही पाएका छैनन् । ती कुराहरू धेरै या थोरै जे भए पनि कम्युनिस्ट मित्रहरूका साझा रोग हुन् । यो तथ्य संसद्मा, सडकमा र जनतामा जानुपर्छ नै । स्वयम् कम्युनिस्ट मित्रहरू प्ानि अब सजग हुनुपर्छ ।
यसबाट डराएर, मारिन्छु कि भन्ने सोचेर, गल्ती र अन्यायलाई पनि अन्याय भन्न नसक्ने हो भने बढीमा ७२ वर्षसम्म हामीहरूको कारणले हाम्रा सन्तान दरसन्तानले दासता भोग्नुपर्ने हुन सक्छ । यसकारणले मैले अन्यायको विरोध नगरे कस्ाले गर्छ – म पनि डराए अरू किन नडराउने – यस्तो सोच राखेर हामी सबै सामूहिक र व्यक्तिगत रूपमा अगाडि बढ्नुपर्छ र हरेक मोर्चामा हामी मनबाट डर हटाएर अगाडि आउनैपर्छ । यस सर्न्दर्भमा संसद्मा समेत सत्य र सार्वजनिक गर्न उपयुक्त विषयहरू अगाडि राख्न नपाएमा जनताको हातमा सार्वभौमसत्ता स्थापित भएको अर्थ लाग्न सक्छ जस्तो लाग्दैन ।
कम्युनिस्टहरूको गल्तीको सैद्धान्तिक प्रतिरोध गर्ने कार्यबाट कम्युनिस्ट मित्रहरू डराउनुपर्ने कारण हुन नहुने हो । जनताको हितका लागि सत्यतथ्यको खुलासा गर्न कम्युनिस्ट शब्दको उच्चारण गर्नुपर्ने अवस्था आएमा संसद्मा पनि बोल्न नसकिने कार्य लालआतङ्क हो कि होइन – कम्युनिस्ट विचार वाद, प्रतिवाद र संवादबाट डराउँदछ र यसले वैचारिक प्रतिरोध खप्न सक्दैन भन्ने नै सोच्नुपर्ने हो जस्तो मलाई लाग्यो । कम्युनिस्ट मित्रहरूको दुई धार भएको चरित्र त केही दिनअगाडि कम्युनिस्ट कानुनी व्यवसायीको भनाइबाटै मलाई अझ प्रस्ट भएको थियो । चीनजस्तो देशमा भ्रष्टाचार गर्नेले मृत्युदण्ड पाउने हुँदा अपराध निरुत्साहित हुन्छ भन्न पनि भुल्नु भएन भनेपछि नेपालमा मृत्युदण्ड हटाउन उहाँहरूले ठूलो पहल गरेको पनि बताउनुभयो । यसले जनतालाई देखाउन र पैसा खान उहाँहरू मृत्युदण्डविरोधी र जनतालाई नै भ्रम दिन फेरि मृत्युदण्डको र्समर्थक पनि हुनु कस्तो विडम्बना हो –
विचारलाई शान्तिपूर्वक आउन दिऊँ र गल्ती लागेमा वैचारिक प्रतिरोध गरौँ भन्नेमा हामी सहमत हुनैपर्छ । हिजो मालेले झापामा मानिस मारेकै हो । आफ्नो नीतिभन्दा बाहिर गएको भनेर आफ्नो नजिकका राष्ट्रिय पञ्चायतका सदस्यलाई कम्युनिस्ट साथीहरूले सडकमा घिसारेर मार्नुभएको थियो । हामीले विचारलाई वैचारिक रूपमा नै सही, निकासका लागि तयार नगरेमा त्यही पुरानो राजनीतिक शक्तिको स्रोत बन्दुकको नाल हो भन्ने माओको भनाइ र सबैजसो कम्युनिस्ट मित्रहरूमा के नै फरक रह्यो र – नेपालमा १५ हजारभन्दा बढी मानिस मार्ने, लाखौंलाई पीडित बनाउने, बेपत्ता पार्ने, सम्पत्ति तहसनहस पार्ने कार्य माओवादीबाट भएको छ । तर, उनीहरूको मात्र विरोध गरेर त्यही कम्युनिस्ट विचारबाट निस्केको सोच फेरि अरूमा पनि र्सर्दैन भनेर ढुक्क हुने कि – समयमा नै जनतालाई र स्वयम् कम्युनिस्टहरूलाई सजग बनाउने – यो अहम् प्रश्न हो ।
आदरणीय प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको सादगीलाई प्रयोग गरेर संसद्मा पनि कम्युनिस्ट शब्द बोल्नबाट रोक्नु लोकतान्त्रिक चरित्र होइन । त्यसैले दार्शनिक मार्क्सले वाद, प्रतिवाद र संवादलाई दह्रोसँग समाते तर राजनीतिज्ञ मार्क्सले त्यसलाई दलको स्वार्थमा राखे । पुँजीवादी व्यवस्था लोकतान्त्रिक भइनसकेको कारणले तथा लोकतान्त्रिक समाजवादीहरू सङ्गठित भइनसकेको अवस्था हुँदा फलामले फलामलाई काट्छ भन्ने आधारमा हर्ेर्ने हो भने पनि केही हदसम्म त्यही समयको कारण पनि त्यो कार्यका लागि जवाफदेही थियो भन्न सकिएला । तर, हाम्रा कम्युनिस्ट मित्रहरूका लागि ती सबै शब्द गीताका ऋचाहरू न्ौ भए र त्यो हाम्रो व्यवस्थापिका संसद्मा पनि देखियो ।
अहिले पनि माओवादीहरूले संसद्लाई बेवास्ता गरेर राष्ट्रपतिको कदमको विरोध, आफ्नै कारणले संविधान बन्न नसकेकोमा जनतालाई गुमराहमा पार्न संविधान जारी गर, प्रधानमन्त्रीले राजीनामा गर आदि नारा लग्ााएर देशमा लालआतङ्क मच्चाइरहेका छन् । यसरी हाम्रो देश अहिले संसद् र बाहिर पनि लालआतङ्कको लाचार छाया बनिरहेको छ । मे १ पछि कम्युनिस्टहरूको एकमना सरकार त बनेन नै तर विकास र जनहित होइन, सरकार, प्रतिपक्ष, सडकसमेतमा कम्युनिस्टहरूको आतङ्कको मूल्यहीन यात्रा कहिलेसम्म रहने हो – स्वयम् प्रधानमन्त्री पनि अहिले त्यसको सिकार बन्न सक्ने अवस्था देखिएको छ । स्वयम् एमालेबाट प्रधानमन्त्रीको विरुद्धमा आएका अभिव्यक्तिले त झन् झरीको मौसममा गाईजात्राको रौनक पनि थपेेको छ । सायद कुनै रणनीति पनि हुन सक्छ कि आदरणीय माओवादी मित्रहरूले अहिलेसम्म आफ्नो विरोध नगर्न भनेर भन्नुभएको छैन । उहाँहरूलाई थाहा होला- उसलाई त्यो नगर्नु भनेको गर्नु भनेको जस्तो हुन्छ र उसलाई लोकतन्त्र र गरिब जनताको हितका लागि ज्यान र धन सामान्य हुन् । ऊ अर्थात् म ।