एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी

एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी


■ श्याम क्षेत्री, जापान

जापानमा एनआरएनएको अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी दिने क्रम पनि जारी छ । यसैबीच एनआरएनए जापानको कोषाध्यक्ष कालिका थापाले आफू पुनः कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

थापाले आफ्नो फेसबुकमार्फत विज्ञप्ति जारी गरी उम्मेदवारी घोषणा बारे जानकारी दिँदै भन्नुभएको छ, ‘वर्तमान कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी समाल्दै गर्दा एउटा योजना लिएर गएको थिएँ तर बीचमा आएको विभेदरुपी ठेसका कारण बुझ्ने र बुझाउने कमीकमजोरी भएकोले म लगभग सात महिना जिम्मेवारीबाट बाहिर बस्नु पर्यो । तसर्थ केही गर्छु भनेर गएका नवीन सोचहरु पनि हठाथ निस्कृय बने । यसरी पहिलो कार्यकालमा आफ्ना योजन साकार पार्ने कार्यमा व्यवधान पुगेकै कारण विभिन्न नवीन योजनासहित आगामी कार्यकालको निम्ति कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदैछु ।’

विभिन्न सामाजिक संघसस्थामा विगतमा काम गरेको अनुभव र दुईवर्षे कार्यकालमा आफूले संगालेको अनुभवले आगामी कार्यकाल सहज गराउने थापाको दावी छ। थप सक्रियता र योजनाका साथ आगामी २ वर्षे (सन् २०१९-२०२१) कार्यकालमा कोषाध्यक्षको रुपमा संस्थाको कोष वृद्धिमा विशेष ध्यान दिने थापाको भनाई छ ।

८० हजार नेपाली रहेको जापानमा थोरै महिला मात्र सामाजिक काममा सक्रिय रहेको परिवेशमा थापा सामाजिक काममा सक्रिय, निडर एवम् प्रष्टवक्ताको रुपमा परिचित हुनुहुन्छ ।