विवाहको कीर्ते कागजात बनाएको अभियोगमा जापानमा दुई नेपाली पक्राउ

विवाहको कीर्ते कागजात बनाएको अभियोगमा जापानमा दुई नेपाली पक्राउ


■ श्याम क्षेत्री, टोकियो (जापान)

जापानमा बस्नको लागि जापानी पुरुषसँग विवाह गरेको नक्कली कागजात तयार गर्ने दुई नेपाली पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा लिलबहादुर गुरुङ र नैनकुमारी गुरुङ रहेका छन् ।

जापानी समाचार संस्था याहुमा प्रकाशित समाचारअनुसार टोकियो मेट्रोपोलिटन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई व्यक्ति नेपाली भए पनि उनीहरु बारे विस्तृत विवरण खुलाइएको छैन ।

विभागका अनुसार ६१ वर्षीय जापानी पुरुषसँग विवाह गरेको नक्कली कागजात बनाउन गुरुङले कागजात तयार पारेका थिए ।

उनीहरुले जापानमा लामो समय बस्नकै लागि नक्कली विवाहको कागजात बनाएको प्रहरीको दाबी छ ।

घटनामा संलग्न जापानी पुरुषलाई समेत यसअघि नै पक्राउ गरिएको बताइएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका नेपाली पुरुष लिलबहादुर गुरुङले आरोप अस्विकार गरेको र नैनाकुमारी गुरुङ मुख्य अभियुक्त भएको पाइएको बताइएको छ ।