पर्यटन वर्षको सफलतामा पूर्वाधार नै बाधक बन्ने !

पर्यटन वर्षको सफलतामा पूर्वाधार नै बाधक बन्ने !


सरकार सन् २०२० लाई भ्रमण बर्ष मनाउने तयारीमा छ । पर्यटन व्यवसायी पनि यसैको ब्यग्र प्रतिक्षामा छन् । सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना पनि राखेको छ । तर लक्ष्यलाई भेट्न दैनिक साढे ५ हजारदेखि ६ हजारको वरिपरी पर्यटक नेपालमा आउनुपर्छ । सरकारी कर्मचारी पनि लक्ष्य भेट्नेमा शंका गर्छन् ।

नेपालमा आर्थिक बर्ष २०७५/७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक बर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ । तर, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा भने सरकारको तयारी कम नभएकोले लक्ष्य हासिल गर्नेमा शंका उब्जिएको तर्क गर्छन् ।

सरकारले २०२० लाख सफल बनाउन बाह्रैमास पर्यटक ल्याउने गरी योजना बनाउनुपर्छ । यस्तै, २४सै घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नेपर्ने र अन्य पर्यटन पूर्बाधारमा ध्यान दिन आवश्यक छ । विगतमा नेपालमा पर्वतीय गन्तब्य र साहशिक गतिविधीका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ । यसका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा पर्यटन मन्त्री योगेश भट्टराईको सुझाव छ ।

पर्यटन बर्ष सुरु हुन ४ महिना मात्रै बाँकी रहँदा सरकारको तयारी खासै उत्साहप्रद छैन । २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भएपनि कुन देशबाट कति पर्यटक आउँछन् भन्ने एकिन अनुमान भने सरकारसँग नभएको प्रति पर्यटन व्यवसायी बसन्तराज मिश्रको भनाई छ ।

नेपालको हितमा हुने ठूला कार्यक्रमहरु सरकारकै कारण ओझेलमा पर्ने मुलुकका लागि कुनै नयाँ र नौलो विषय भने होइन । पर्यटन पूर्बाधारमा निकै कमजोर मानिएको नेपालको पर्यटन क्षेत्र संभावना भएर पनि सरकारको आँखाबाट टाढा छ । १२ लाख पर्यटक भित्र्याउन मुश्किल परेको नेपाललाई २० लाख पर्यटक ल्याउन पूर्बाधार नै बाधक बन्ने पक्का छ ।