चारदोबाटोमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

चारदोबाटोमा भएको सवारी दुर्घटनामा एकको मृत्यु


भक्तपुरको नयाँठिमीस्थित चारदोबाटोमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजन घाइते भएका छन् । मोटरसाइकल र स्कुटी एक–आपसमा ठोक्किँदा मध्यपुर नगरपालिका–५ कमेरेटारका २२ वर्षीय मोटरसाइकलचालक राजेश गोजाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा स्कुटीचालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहला रहेका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान बा.७३प ९७२१ नम्बरको मोटरसाइकल र बा.६७प६७५४ नम्बरको स्कुटी एक–आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । नयाँठिमीको चारदोबाटोलाई अति दुर्घटना हुने क्षेत्रको रूपमा लिइन्छ ।