मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान गरेका छन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मुल नारासहित आइतबारदेखि वेलायतमा नेपाली मेला सुरु हुँदैछ । मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुँदै आएको छ । बेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायतसहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ ।

बेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

file photo