आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७६ बिहीबार, २२ अगस्त २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ भदौ २०७६ बिहीबार, २२ अगस्त २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वर्षा ऋतु वि.सं. २०७६ भाद्र ५ गते विहीबार तद्अनुसार सन् २०१९ अगस्त २२ तारिख भाद्र कृष्णपक्ष सप्तमी तिथि भरणी नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त सांँझ १८ः३४मा हुनेछ । गौरासप्तमी ।

आजको राशि फल :

मेष राशि – दिन शुभ फलदायक रहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्च पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । उन्नति–पदोन्नति होला । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष राशि – शुभ काम होला । प्रेममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख–सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आगमन भैरहनेछ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाब बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट राशि – आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व वृद्धि होला । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । साथीभाइको साथ मिल्नेछ ।

सिंह राशि – मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या राशि – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भैरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला राशि – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । बिबाद आदिप्रति सचेत भई अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ । आशा उत्साह बढ्ला ।

धनु राशि – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर राशि – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ राशि – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियम–कानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन राशि – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । सांझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।