■ श्याम क्षेत्री, जापान
नेपाल पत्रकार महासंघ जापान शाखाले २०१९ अगष्ट २५ तारिख आइतबार टोकियो स्थित शिन्जुकुमा सार्वजनिक बहस कार्यक्रम गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकाल २०१९(२०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने पूर्वसन्ध्यामा जापानवासी नेपालीहरुबीच सक्रिय संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजीवी लगायतले नेतृत्वका आकाक्षीहरुसँग तपाईको नेतृत्व केका लागि ? जापानवासी नेपालीलाई सहयोग गर्ने योजना के के छन् ? भन्ने विषयमा एक सार्वजानिक बहस कार्यक्रम राखिएको नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्ष मोहन घलेले जानकारी दिँदै सम्पुर्ण महानुभावलाई सो कार्यक्रममा सहभागिताको लागि अनुरोध पनि गर्नुभयो।
प्रतिक्रिया