केपीको कष्टमा रमाउनेहरू

केपीको कष्टमा रमाउनेहरू


सिङ्गापुरमा उपचार गरेर फर्किएपछि पनि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार नभएको पाइएपछि नेकपाकै केही नेताहरूमा ‘खुसियाली’ पैदा भएको दुःखद स्थिति देखापऱ्यो । सिङ्गापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले औषधि परिवर्तन गरिदिएका थिए । दिनमा तीनपटक सेवन गर्नुपर्ने औषधि हटाएर दुईपटक मात्र सेवन गर्ने औषधि दिँदै चिकित्सकहरूले ओलीलाई नयाँ औषधिका कारण केही दिन असहजता पैदा हुने जानकारी गराएका थिए ।

जानकारीअनुसार कम्तीमा दुई साता पूर्ण आराम गर्न पनि चिकित्सकले सुझाव दिएका थिए । तर, स्थिर र मौन रहनै नसक्ने स्वभाव–चरित्रका केपी ओली काठमाडौं फर्किएलगत्तै नियमित काममा क्रियाशील हुन थाले । परिणामस्वरूप उनमा असहजता पैदा भयो र, त्यसैबीच गत साउन ३० गते बिहीबार केपीले प्रचण्डलाई निवासस्थानमा बोलाएर पार्टी एकतालाई चाँडो टुङ्ग्याउनुपर्ने बताउँदै आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएका थिए ।

त्यस क्रममा केपीले आफ्नो स्वास्थ्यस्थिति राम्रो नरहेको र पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू सधैँ सकारात्मक एवम् सहयोगी रहने भनाइ प्रचण्डसमक्ष राखेका थिए । एकीकरणलाई अन्तिम रूप दिन आफ्नोतर्फबाट कुनै प्रकारको अड्चन पैदा नहुने स्पष्ट गर्दै ओलीले त्यस दिन प्रचण्डसमक्ष पार्टी स्कुल विभाग प्रमुखको चयनलगायतका विषयलाई कसरी टुङ्गो लगाउने भन्ने राय पनि प्रकट गरेका थिए । त्यही बैठकमा बनेको सहमतिअनुसार सचिवालय बैठकले निर्णय लिएको हो । त्यसरी केपी ओलीले आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएपछि त्यहाँ सान्त्वना प्रकट गरे पनि प्रचण्ड त्यसबाट निकै खुसी भएका थिए ।

बिहीबार साँझ आफूनिकटका व्यक्तिहरूलाई बोलाएर प्रचण्डले प्रसन्नता व्यक्त गर्दै भनेका थिए, ‘केपी आफ्नो स्वास्थ्य ठीक नरहेको कहिल्यै भन्दैनथे, आज बिहान उनले आफू कमजोर भएको स्वीकार गरे । अब धेरै दिन केपी क्रियाशील हुन सक्दैनन् भनेर मलाई केही डाक्टरहरूले पनि भनेका छन् ।’ यसरी निकटवर्तीहरूलाई केपीको स्वास्थ्य कमजोर भएको सन्देश सुनाउँदै गर्दा प्रचण्डको मुहारमा खुसीको भाव पोखिने गरी छचल्किएको थियो भने त्यसबखबत उनका आँखा पनि निकै चम्किएको सुरक्षा स्रोतबाट थाहा भएको छ । प्रचण्डलाई त्यसबेला भेट्नेहरूले उनी ‘अब आफ्नो पालो आयो’ भन्नेमा ढुक्क रहेको महसुस गरेका थिए ।

यतिबेला केपी ओलीसँगै लपक्कै मिलेको देखिने वामदेव गौतमले केही पत्रपत्रिकामा जबज (जनताको बहुदलीय जनवाद) का पक्षमा लेखहरू प्रकाशित गरिसकेपछि प्रचण्डसँग भनेका छन्, ‘कामरेड, अब केपी बढीमा चार महिना क्रियाशील होलान्, त्यसपछि पार्टी र प्रधानमन्त्रीमध्ये एउटा पद तपाईंले र एउटा मैले लिनुपर्छ ।’

केपीको स्वास्थ्य बिग्रिएको खबर सुन्दा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरू पनि दुःखी हुनेमा पर्दैनन् । उनीहरू केपीको स्वास्थ्य कमजोर भएको खबर खुसीको विषयमा रूपका परस्पर साट्नेमा पनि पर्दथे । उनीहरूमध्ये पनि प्रचण्डपछि सबैभन्दा खुसी हुने व्यक्ति वामदेव गौतम थिए । यतिबेला केपी ओलीसँगै लपक्कै मिलेको देखिने वामदेव गौतमले केही पत्रपत्रिकामा जबज (जनताको बहुदलीय जनवाद) का पक्षमा लेखहरू प्रकाशित गरिसकेपछि प्रचण्डसँग भनेका छन्, ‘कामरेड, अब केपी बढीमा चार महिना क्रियाशील होलान्, त्यसपछि पार्टी र प्रधानमन्त्रीमध्ये एउटा पद तपाईंले र एउटा मैले लिनुपर्छ ।’

यसरी प्रचण्डसँग खुसी सेयर गर्ने वामदेवले केपीकै इच्छाबाट पार्टीको उपाध्यक्ष र सङ्गठन विभाग प्रमुखको पदीय जिम्मेवारी प्राप्त गरेका छन् । अब कास्कीमा चुनाव लडी संसद्मा प्रवेश गर्ने वामदेवको इच्छा पनि सम्भवतः केपीले नै पूरा गरिदिनेछन् ।

केपीको स्वास्थ्य कमजोर बन्दा खुसी हुने नेताहरूको सङ्ख्या ठूलै भए पनि तीमध्ये माधवकुमार नेपालबाहेक सबैले केपीका तर्फबाट ‘मौका’ पाएका छन् । वामदेव, झलनाथ र प्रचण्ड मौका पाउने नेताको कोटिमा परेका छन् ।