बसको ठक्करबाट युवाको ज्यान गयो

बसको ठक्करबाट युवाको ज्यान गयो


■ नारद कोहार, कपिलवस्तु

बसको ठक्करबाट कपिलवस्तु नगरपालिका वडा नं. १ गौढी चौकमा मंगलवार साँझ एक युवकको ज्यान गएको छ । ग १ ख ६२३७ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका वडा नं. १ शिवमंदीर टोलका २४ वर्षीय सुजित वर्माको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको नायव प्रहरी उपरीक्षक सुनिल मल्लले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

घटनालगत्तै तौलिहवा बजारका स्थानीय युवाहरु आक्रोशित भई जिल्ला अस्पताल पुगका थिए । सो अवसर नगर क्षेत्रका विभिन्न स्थानमा सिसीटीभी क्यामेरा बिग्रेकोप्रति पनि स्थानीय युवाहरु प्रहरी प्रशासनविरुद्ध आक्रोशित बनेका थिए ।