हतियार देखाएर तीनलाख लुटियो

हतियार देखाएर तीनलाख लुटियो


■ नारद कोहार, कपिलवस्तु

नचिनेका मान्छेको समूहले हतियार देखाएर कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवाबाट सिकोटवा जाने बाटोमा ३ लाख रुपैयाँ लुटेका छन् ।

कपिलबस्तुको तौलिहवामा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका वडा नं. १० विजगौरीतर्फ जाँदै गरेका कुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको धोवीले बताए । उनको साथमा रहेको कागजातसहित उक्त रकम लुटिएको र लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नायव उपरिक्षक सुनील मल्लले जानकारी दिए ।