टोनी हेगनको नाममा भूटावरसहितको पार्क निर्माण गरिँदै

टोनी हेगनको नाममा भूटावरसहितको पार्क निर्माण गरिँदै


हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भूटावरसहित पार्क निर्माण गरिने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टीसीएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्यांकीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडा शहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताए ।

हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भने, ‘उक्त स्थानमा सम्पूर्ण हेटौँडाको दृश्यावलोकन गर्न मिल्ने भ्यूटावर पनि निर्माण गरिनेछ ।’

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले व्यहोर्ने बताए ।