आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०७६ मंगलबार, २० अगस्त २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०७६ मंगलबार, २० अगस्त २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं.११३९ वर्षा ऋतु वि.सं.२०७६ भाद्र ३ गते तद्अनुसार सन् २०१९ अगस्त २० तारिख मंगलबार भाद्र कृष्णपक्ष पञ्चमी तिथि रेवती नक्षत्र शूल योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः३७ मा भयो र सूर्यास्त सांझ १८ः३६ मा हुनेछ । शुभ समय अभिजित ११ः३७ देखि १२ः२१ । राहु काल– १४ः४४ देखि १६ः०६ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – हांसविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । विवादमा नपरियोस् भनेर ध्यानमा राख्नुपर्ला । अरुको भर पर्नु उचित हुनेछैन ।

बृष राशि – अन्न धन बढ्नेछ । लेखन प्रकाशन बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । यात्रा हुनेछ । साथीभाइको साथ मिल्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ भेटिएला । यश वर्चश्वमा वृद्धि हुनेछ । धन यश मान महत्व बढ्ला ।

कर्कट राशि – शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागको कर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सुख–सन्तति वृद्धि होला । प्रेममा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । लगानीको कुरामा ध्यान दिनुपर्नेछ । रसरागमा आकर्षण बढ्ला । ठूलो रकमको लगानी र महत्त्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनु पर्नेछ । स्वास्थ्य र पाचनतन्त्रप्रति ध्यान राख्नु पर्नेछ ।

कन्या राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनु हुनेछ । यात्रापरक काम बन्ला । इष्टमित्रको साथ भेट्ला । आँट उत्साह वृद्धि होला ।

तुला राशि – मनोकुलको कार्य बन्ला । आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवारीक सुख शान्ति बढ्नेछ ।

वृश्चिक राशि – सुख शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यबर्द्धक काम पनि बन्नेछ । मान महत्व बढ्ला ।

धनु राशि – भागदौड रहला । खर्च बढेको लाग्ला । विवाद आदिमा नपर्नु उचित हुनेछ । नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरेमा भोली पछुतोमा पर्नु पर्नेछ । योजना र बजेट बनाइ काम गर्नु पर्नेछ ।

मकर राशि – सुख समृद्धि धन यश मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । आयात निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेटनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नियमित काममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हनेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा वृद्धि होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मनोकुलको काम बन्नेछ । साहसिक काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यबर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । सुख शान्ति आनन्द बढ्नेछ । मान सम्मान बढ्नुसंगै ख्याति फैलिनेछ ।