राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने


नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।