युनिभर्सिटी क्रिकेटका लागि पहल गर्न सुझाव

युनिभर्सिटी क्रिकेटका लागि पहल गर्न सुझाव


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल विश्वविद्यालय खेलकुद संघलाई युनिभर्सिटी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि पहल गर्न भनेका छन् ।

नेपाल विश्वविद्यालय खेलकुद संघले उनकै सम्मानमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।

‘तत्काललाई दक्षिण एसियाकै टिमलाई बोलाएर भए पनि सुरुआत गुर्नस्, यसले राम्रै सन्देश जान्छ’, सदस्य–सचिव सिलवालले भने– ‘परिषद्ले पनि सक्दो सहयोग गर्छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ आउनुस् बसेर छलफल गरौं । हामीले सुरु गरेको देखेर अरुले पनि सुरुआत गर्न सक्छन् ।’

कार्यक्रममा संघका अध्यक्ष प्रदीपराज जोशीले सदस्यसचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए भने महासचिव पूर्णसिंह बोहराले संघ र अन्तर्राष्ट्रिय विश्वविद्यालय संघका गतिविधिबारे प्रकाश पारेका थिए ।

एक छुट्टै कार्यक्रममा एन प्याब्सनले सदस्यसचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।