नल्यान्ड, स्वप्नबाटिका र विल्सन च्याम्पियन

नल्यान्ड, स्वप्नबाटिका र विल्सन च्याम्पियन


ग्रिनल्यान्ड, स्वप्नबाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, स्वप्नबाटिका जुनियर ब्वाइज र विल्सन सिनियर गर्ल्समा च्याम्पियन भएका हुन् ।

सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले रेडिअन्टलाई ६२–५५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका राजीव आले मगरले २६ अंक जोडे । जुनियर ब्वाइजमा स्वप्नबाटिकाले रेडिअन्टलाई नै २१–२० को झिनो अन्तरले हरायो । स्वप्नबाटिकाका अश्विक केसीले १० स्कोर गरे । सिनियर गर्ल्समा विल्सनले सिद्धार्थ वनस्थलीमाथि ३१–२४ को जित दर्ता गऱ्यो।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आले मगर, जुनियर ब्वाइजमा स्वप्नबाटिकाका अर्पण राई र सिनियर गल्र्समा विल्सनकी विना श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडिअन्टका उपेन्द्र बस्नेत (१०५ अंक), जुनियर ब्वाइजमा रेडिअन्टकै शिव शाह (५५ अंक) र सिनियर गर्ल्समा यशुश्री गुप्ता (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, आयोजक ग्रिनफिल्डका निर्देशक खिबराज शर्मा, ग्रिनफिल्डका प्रिन्सिपल खड्क बस्नेतलगायतले पुरस्कृत गरे । साउन १८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गर्ल्समा १४ टिम सहभागी थिए ।