लोकसेवा प्रकरण : आन्दोलनकारी र प्रहरीबीच झडप, अध्यक्ष बराम घाइते

लोकसेवा प्रकरण : आन्दोलनकारी र प्रहरीबीच झडप, अध्यक्ष बराम घाइते


लोकसेवा आयोगले समावेशी सिद्धान्त विपरीत विज्ञापन खुलाएकोप्रति दैनिकजसो आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । आन्दोलनका क्रममा आरक्षण बचाऔं अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार भृकुटीमण्डपबाट पुतलीसडक हुँदै रत्नपार्क शान्तिबाटीकातर्फ जुलुस जाँदै गर्दा प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको हो ।

उनिहरुले लोकसेवा आयोगले जारी गरेको विज्ञापन खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गर्दै आएका छन् । आन्दोलनका क्रममा प्रहरीले दमन गर्दा आन्दोलनमा सहभागिमध्ये तीन जना गम्भिर घाइते भएका छन् । गम्भिर हुनेहरुमा नेपाल आदिवासी जनाजाति संघको अध्यक्ष जगत बराम, दलित संघका अध्यक्ष राम नेपाली र एविराज लिम्बु घाइते भएका हुन् ।

अहिले उनीहरुको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरुले संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु परेको र राज्य सरकारले सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यस्तै, आन्दोलनका क्रममा क्रममा प्रहरीले मुस्लिम संघका अध्यक्ष कौशल शाहसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।