लख्खीदेवी सुन्दासको निधन

लख्खीदेवी सुन्दासको निधन


नेपाली (राष्ट्रिय) कांग्रेसका संस्थापक सदस्यहरु मध्यकी एक डा. लख्खीदेवी सुन्दासको ८५ वर्षको उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेसले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ ।

भारतको कलकत्तामा वि.सं. २००३ माघ १२ र १३ गते सम्पन्न नेपाली राष्ट्रिय कांग्रेसको स्थापना अधिवेशनमा स्व. सुन्दास दाजर्लिङबाट नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रतिनिधिका रुपमा जानुभई महिला वर्गको हकहित र विकासका लागि राखेको प्रस्ताव सभामा सर्वसम्मतिले पारित गरिएको थियो ।‌‌

स्व. सुन्दास नेपाली साहित्यकी एक परिचित महिला हुनुका साथै सफल शिक्षिका (प्राध्यापक) समेत हुनुहुन्थ्यो ।

सन् २००१ को भारतीय अकादमी पुरस्कार विजेता लख्खीदेवीजी कथाकार, कवि, समालोचक र साहित्यकि अध्येताको रुपमा स्थापित नेपाली साहित्यकि एक उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो।