कश्मीरमा तनाव, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

कश्मीरमा तनाव, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु


कश्मीरको विवादित क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ । एकअर्काबीच गोली चल्दा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको हो ।

पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले घटनाबारे सामाजिक सञ्जाल ट्वीट गरेका थिए । बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि उनले गरेका हुन् । ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’ ट्वीटरमा उनले लेखेका छन् ।

यता, भारतीय सेनाले पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै आफ्नो ५ जना सैनिक नमारिएको जनाएको छ । आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको जनाइएको छ ।