■ रामेश्वर राउत मातृदास
अहो अत्याचार सहिनसक्नु छ यो
न योग्यता न योगदानको मूल्य रह्यो
ढुङ्गालाई गीत सुनायो न रुन्छ न हाँस्छ
जीवनको अमूल्य समय अभिसापझैं भयो ।
(१)
कपटले भरिएको हृदय छ कालो
विषैविषले भरिएको इष्र्याको जालो
मुखमा मात्र राम राम छुरा छ बगलीमा
घाउमा नुनचुक छर्न हरदम कुर्छौ पालो ।
(२)
टाटनाको घाँस रिसवतको आस
पाइलैपिच्छे बाढी आउँछ त्रासैत्रास
नखाऊँ भने दिनभरिका सिकार खाउँ आफ्नै बाउको अनुहार
एकवहारको स्वतन्त्र जीवन विष काँढाको बास ।
(३)
गुणका वैरीहरूबाट बेरिएकी
इष्र्यालु आक्रोशीहरूबाट घेरिएकी
हेऽ मुक्तिधामा पावनी नेपाल आमा
त्रिकालजयी तिमी नै छौ समष्टिबाट फेरिएकी ।
(४)
बाटोमा माटो बाँकी छैन
माटोमा बाटो बाँकी छैन
तिम्रो मुहार नदेखिएसम्म
मुस्कानमा चयन फाकी छैन ।
(५)
भाँड र भत्केकाहरू बेपत्ता गनाए
तस्कर र माफियाहरूले जात जनाए
चुपचाप छन् आकाश मौन छिन् धरती
पन्छीहरूले मात्र शान्तिको घर बनाए ।
(६)
प्रतिक्रिया