पहिरोपीडितलाई गुल्मी सेवा समाज ओमानको आर्थिक सहयोग

पहिरोपीडितलाई गुल्मी सेवा समाज ओमानको आर्थिक सहयोग


■ आरके श्रीवास्तव, ओमान

गुल्मी सेवा समाज ओेमानले पहिरोपीडितलाई आर्थिक सहयोग रकम पठाएको छ । समाजको निर्णयअनुसार मूल कोषबाट १०१ ओमानी रियाल छुट्टयाइएको थियो भने अन्य सहयोगीहरूबाट संकलित जम्मा रकम २५० ओमानी रियाल अर्थात नेपाली रुपैयाँ ७२ हजार ५ सय २५ पठाइएको गुल्मी सेवा समाज ओमानले जनाएको छ ।

सहयोग अभियानमा जुटेका समाजका अग्रज राम थामी, ठाकुरप्रसाद डम्मरपाल, चिरञ्जीवी पाण्डे, गोमा पाण्डे, महादेव हितान ,सुर्य पन्थी, टेकराज भण्डारीका साथै सम्पुर्ण उपस्थित समाजसेवी मनहरुमा समाजले हार्दिक आभार प्रकट गरेको छ ।

समाजको तर्फबाट संरक्षक घनश्याम भण्डारीले पठाएको उक्त रकम छविलाल ढकालद्वारा सत्यवती गाउँपालिका (गुल्मी)का अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्षमा सुवर्ण शाही सेरचन, प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीलगायत सम्पुर्ण गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा उत्तः रकम अध्यक्षलाइ हस्तान्तरण गरिएको थियो।

गाउँपालिका अध्यक्षले यसरी दुःखको बेला आर्थिक सहयोग गर्नुहुने गुल्मी सेवा समाज साथै सहयोगमा जुट्नुहुने सम्पुर्ण नेपालीमा हार्दिक आभार प्रकट गरेका र सहयोग जुटाउनुहुने सम्पुर्ण सहयोगीलाई समाजका अध्यक्ष दुर्गाप्रसाद ढकालले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

गत साउन ६ गते राती आएको भीषण वर्षाले गुल्मी जिल्ला सत्यवती गाउँपालिका ३ र ४का लिम्घा र लुम्पेकमा धेरै जनधनको क्षति पुऱ्याएको थियो । साथै १३ जनाको ज्यान गएको र धेरैजना घरवारविहीन भएका थिए । यो दुःखद खबरले ओमानवासी नेपालीजनलाई मर्माहत बनाएको थियो ।