ग्लोबल आइएमईले ग्राहकलाई ‘क्रेडिट कार्ड’ उपलब्ध गराउने

ग्लोबल आइएमईले ग्राहकलाई ‘क्रेडिट कार्ड’ उपलब्ध गराउने


ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई ‘क्रेडिट कार्ड’ उपलब्ध गराउने भएको छ । सहज पहुँच र सुविधालाई ध्यानमा राखी बैंकले ‘क्रेडिट कार्ड’ को दरखास्त फारम अनलाइन प्रणालीमार्फत भर्नसक्ने व्यवस्था गरेको मिलाएको हो ।

यसका साथै ग्राहकहरुले आफ्नो ‘क्रेडिट लिमिट’ बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धीजानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ‘क्रेडिट कार्ड’ लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिनु पर्नेछ ।

पछिल्लो समय बैंकले समय सापेक्ष नयाँ खालका योजनाहरु अघि सार्दै ग्राहकलाई सेवा दिदैं आएको छ ।