कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ ।

बुधबार कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको गाउँसभा उदघाटन गर्न गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विस्फोट गराएको हो ।

मुख्यमन्त्री शाही गाउँसभा उदघाटनका लागि वीरेन्द्रनगरबाट स्थलमार्ग हुँदै सो ठाउँमा गएका थिए । पचालझरना–३ खिग्ममा कार्यक्रम भइरहेकै बेला कार्यक्रमस्थलनजिकै शाहीलाई लक्षित गरी सो समूहले बम विस्फोट गराएको हो । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।