मेगा बैंकको नाफा एक अर्ब ९४ करोड

मेगा बैंकको नाफा एक अर्ब ९४ करोड


मेगा बैंकले आर्थिक वर्ष ०७५–७६ मा एक अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा रु. एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु. ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो ।

सो बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा ०७६ असार मसान्तमा बैंकको कुल निक्षेप रु. ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरूमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएको छ ।

खुद कर्जा तथा सापटी रु. ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्सन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार पाँच सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।