प्रधानमन्त्री खानद्वारा गरे पाकिस्तानी कस्मिर भ्रमण

प्रधानमन्त्री खानद्वारा गरे पाकिस्तानी कस्मिर भ्रमण


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कस्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले कस्मिर भ्रमणपश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ ।

भारत सरकारले भारत प्रशासित जम्मु–कस्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदसमक्ष औपचारिक अनुरोध गरिसकेको छ ।

पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुईदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरूका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।

अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । त्यसबेला दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।