प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा


प्रदेश २ सरकारले बिहीबार रक्षाबन्धनको दिन सार्वजनिक बिदा दिने भएको छ । हिन्दू धर्मावलम्बीहरूको पर्व रक्षाबन्धन परेको भन्दै प्रदेश २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा रक्षाबन्धनको शुभकामना दिएका छन् । उनले रक्षाबन्धनको दिन प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै हर्षाेल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध पनि गरेका छन् ।

रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदाको घोषणा प्रदेश २ बाहेक अन्य प्रदेशले भने अहिलेसम्म गरेका छैनन् ।