विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड


नेपाल विद्युत प्राधिकरणले यस वर्ष ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणमा केन्द्रित प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धि सार्वजनिक गर्दै प्राधिकरणले आर्थिक वर्ष ०७५–७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष ०७४–७५ मा २ अर्ब ९० करोड नाफा गरेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्बले बढेको हो ।

विद्युत चुहावट पनि यस वर्ष पाँच प्रतिशत घटेको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष २० प्रतिशत रहेको विद्युत चुहावट यसपालि १५ प्रतिशतमा झरेको हो ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा रूपमा प्राधिरकणमा आउनुअघि वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । उनले नेतृत्व सम्हालेको ११ महिनादेखि नै प्राधिकरण नाफामा जान थालेको हो ।