लोग्ने–स्वाीनीको झगडा छुट्याउने महिलाको मृत्यु

लोग्ने–स्वाीनीको झगडा छुट्याउने महिलाको मृत्यु


नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा श्रीमान–श्रीमतीको झगडा छुट्याउन सहजीकरण गर्ने महिलाको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुँयालका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमाया तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात चिनीमाया बच्चासहित लालमायाको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।