भाकपा नेता सीताराम येंचुरी पक्राउ

भाकपा नेता सीताराम येंचुरी पक्राउ


भारतमा कम्युनिस्ट नेता सीताराम येंचुरी पक्राउ परेका छन् । शुक्रबार भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव येंचुरीसहित डी राजालाई कस्मिरको श्रीनगरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

येंचुरीले ट्विटमार्फत आफूहरू पक्राउ परेको जानकारी दिएका छन् । उनीहरूलाई आफ्ना नातेदार बिरामी भेट्न जाने क्रममा पक्राउ गरिएको बताइएको छ । उनीहरूको पक्राउलाई भाकपाले सरकारको गैरकानुनी कदम भन्दै विरोध गरेको छ ।

भारतीय जनता पार्टी नेतृत्वको सरकारले सोमबार जम्मु–कस्मिरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धित संविधानको अनुच्छेद ३७० खारेज गरेपछि सोही विषयलाई लिएर त्यहाँ तनाव सुरु भएपछि त्यहाँको सुरक्षा–व्यवस्था कडा बनाइएको छ ।