केरलामा बाढीमा परी बीसको मृत्यु, २२ हजार विस्थापित

केरलामा बाढीमा परी बीसको मृत्यु, २२ हजार विस्थापित


दक्षिण भारतीय राज्य केरलामा गत २४ घन्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । यस बाढीको कारण २२ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षाले बाढीको प्रकोप निम्त्याएको हो । बाढीको प्रकोपबाट घरबारविहीन भएका व्यक्तिको लागि देशभरि ३ सय १५ ओटा उद्धार शिविर खोलिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सो शिविरहरूमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्यक्ति शरण लिई बसेका जनाइएको छ ।