१३औँ सागको तयारी बैठक सातदोबाटोमा

१३औँ सागको तयारी बैठक सातदोबाटोमा


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा साउन २४ गते बिहीबार १३औँ दक्षिण एशियाली खेलकुद (साग) तयारी समितिको बैठक सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा बसेको छ ।

उक्त बैठकले १३औँ दक्षिण एशियाली खेलकुदका लागि भदौ ७ गते सम्म टेक्नीकल ह्यान्डबुक तयार पार्ने, असोज १३ गते सम्म सवै सहभागि राष्ट्रका खेलहरुको चयन हुने र कार्तिक १४ गतेसम्म खेलाडीहरूको नाम इन्ट्री गर्ने निर्णय गरेको छ ।

बैठकमा राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सन, सदस्यसचिव रमेशकुमार सिलवाल, एनओसीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, कार्यकारीणी सदस्य तेज गुरुङ, अशोक बज्राचार्य, निलेन्द्रराज श्रेष्ठ, १३औँ साग सचिवालयका कमल खनाल, राखेप विभागीय प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।