आइओएफटिसीका डाइरेक्टरद्वारा सहयोग प्रदान

आइओएफटिसीका डाइरेक्टरद्वारा सहयोग प्रदान


अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका टुर्नामेन्ट डाइरेक्टर दिवाकर डान महर्जनले बाढी पहिरो पीडित र अनाथ बालबालिकाका सहयोग प्रदान गरेका छन् । महर्जनले दोलखाको पहिरो पीडितका लागि १ लाख नगद प्रदान गर्नुका साथै अनाथ बालबालिकाका लागि काम गर्ने संघ/संस्थाहरुलाई समेत सहयोग प्रदान गरेका थिए ।

महर्जनले मुस्कान सेवा नेपाललाई ५० हजार, न्यू नेपालकालाई ५० हजार, स्वस्थ समाज नेपाललाई ५० हजार नगद प्रदान गरेका हुन् । साथै चितवन तेक्वान्दो संघलाई प्रतियोगिता र भौतिक पुर्वाधारका लागि सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेका छन् । त्यसैगरी म्युजिक हाउस, किर्तिपुरलाई २५ हजार प्रदान गरिएको छ ।

अमेरिकाको पोर्टल्यान्डमा रहेको आइओएफटीसीले नेपालमा भूकम्प प्रभावित, बाढी पहिरो पिडितहरुलाई यस अघि पनि सहयोग गरेको थियो ।